अब अनुसन्धानको लागि प्रहरीले पक्राउ गर्न नपाउने - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

अब अनुसन्धानको लागि प्रहरीले पक्राउ गर्न नपाउने



काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको त्रास बढ्दै गएपछि महान्यायधिवक्ताको कार्यालयले अपराधका आरोपीहरुलाई पक्राउ नगर्न निर्देशन दिएको छ ।

महान्यायधिवक्ता कार्यालयमा बसेको गृह मन्त्रालय, कानुन मन्त्रालय, प्रहरी महानिरीक्षक र सर्वोच्च अदालतका रजिष्टारको बैठकपछि महान्यायधिवक्ता कार्यालयले सामान्य प्रकृतिको अपराधमा पक्राउ नगर्न निर्देशन दिएको हो ।

सामान्य अपराधमा हिरासतमा नराखी अनुसन्धान गर्ने प्रक्रिया अगाडी बढाउन महान्यायधिवक्ताको कार्यालयमार्फत जिल्ला न्यायधिवक्ताको कार्यालय र प्रहरी कार्यालयलाई निर्देशन दिएको बताइएको छ ।

उनका अनुसार कानुनमा व्यस्था गरिएका कुरालाई अधिकतम प्रयोग गर्ने निर्णय भएको छ ।

जसअन्तर्गत बैठकले अनुसन्धानको प्रक्रिया सकिएपछि पनि कारागार चलान गर्ने प्रक्रियालाई निरुत्साहित गर्दै धरौटी लिने, हाजिर जमानी या तारेखमा छाड्न दिर्नेशन दिइएको छ। मुद्दा प्रक्रियाका क्रममा पनि अपराधको गम्भीरता र संवेदनशीलता हेर्न उल्लेख गरिएको छ।

यस्तै बैठकले कैदबाट छाड्न मिल्ने प्रकृतिको अपराधमा कोही कारागारमा रहेको छ भने त्यस्ता कैदीसँग रकम लिएर कैद मुक्त गर्न समेत निर्देशन दिएको छ। बालबालिकाको हकमा कैद सजाय स्थगन गर्न सक्ने अवस्था रहेमा स्थगन गर्न समेत निर्देशन दिएको छ ।

यस्तै बैठकले जेष्ठ नागरिकको हकमा तत्काल कैद छुट दिन गृहमा लेखेर पठाउने र कैद छुट नियमावली २०७६ मा आवश्यक शंसोधन गरिने समेत निर्णयगरिएको छ ।