गगन थापाले दिएका थिए रिङ्गब्याक टोनमा कोरोना सचेतनाको आईडिया - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

गगन थापाले दिएका थिए रिङ्गब्याक टोनमा कोरोना सचेतनाको आईडिया



काठमाडौं- नेपाल टेलिकमले कोरोना भाइरसको संक्रमणको सतर्कताका लागि रिंगब्याक टोनमा सचेतना सन्देश दिन थालेको छ ।

पूर्व स्वास्थ्य मन्त्री गगन थापाले गत चैत्र २ गते नेपाल टेलिकमका कार्यकारी निर्देशक कार्यालयमा गएर कोरोना संक्रमणको सतर्कताका लागि सचेतनामूलक रिंगब्याक टोनमा( CRBT) राखिदिन अनुरोध गरेका थिए ।

सन्देशको विषय र क्रममा भने स्वास्थ्य मन्त्रालयले धेरै काम गर्नुपर्ने छ, आज आफ्नो सामाजिक संजाल मार्फत तत्काल शुरूगर्ने वचन आजको दिन देखि सुरु भएकोमा धन्यवाद दिएका छन् ।

कुनै पनि नम्बरबाट नेपाल टेकिलमको नम्बरमा सम्पर्क गर्दा कोरोनाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्नेसहितको सन्देश दिन थालिएको हो ।

पटक-पटक सावुनपानीले हात धुन, व्यक्तीहरुसँग समाजिक दूरी कायम गर्न सन्देशमा भनिएको छ ।

टेलिकमले कोरोनाबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका जानकारीसहितको रिंगब्याक टोन राखेको हो । फोन नउठ्दासम्म यस्तो सन्देशसहितको सचेतना ब्याक टोन बज्नेछ ।