कोरोनाकै कारण भारतमा चार जनाको मृत्यु - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

कोरोनाकै कारण भारतमा चार जनाको मृत्यु



काठमाडौं- कोरोना भाइरस ‘कोभिड–१९’ का कारण भारतमा चौथो व्यक्तिको मृत्यु भएको छ।

बिहीबार पञ्जाबका एक ७२ वर्षका व्यक्तिको मृत्यु भएसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार पुगेको इन्डिया टुडेले जनाएको छ।

छाती दुख्ने समस्या र सास फेर्न गाह्रो भएकाले उनको मृत्यु भएको पञ्जाबका स्वास्थ्य अधिकारीहरुले बताएका छन्।

हालसम्म भारतमा १७४ जना कोरोनाबाट संक्रमित छन्।

विश्वको १ सय ७० भन्दा बढी मुलुकमा फैलिएको कोरोनाले हालसम्म २ लाखभन्दा बढी संक्रमित बनेका छन्। ९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।