प्रचण्डलाई जुत्ता हानेको ५ सय रुपैयाँ - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

प्रचण्डलाई जुत्ता हानेको ५ सय रुपैयाँ



काठमाडौं- ‘प्रचण्ड’माथि जुत्ता प्रहार गर्ने रतन तिरुवा ५ सय रुपैयाँ धरौटीमा छुटेका छन् ।

गत फागुन १८ गते काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहारको प्रयास गर्ने रतन तिरुवा ५ सय रुपैयाँ धरौटीमा बुधबार छुटेका छन् ।

उनलाई आजमात्रै काठमाडौं जिल्ला प्रशासन कार्यालयले पाँच सय धरौटीमा रिहा गरेको हो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डमाथि गत फागुन १८ गते काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा जुत्ता प्रहार भएको थियो ।

तिरुवा पूर्व माओवादीका कार्यकर्ता भएको पत्ता लागेको थियो ।