प्रधानमन्त्री रोजगार कार्यक्रमको बिजोग: अब बेरोजगार भत्ता नदिने - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

प्रधानमन्त्री रोजगार कार्यक्रमको बिजोग: अब बेरोजगार भत्ता नदिने



काठमाडौं- सरकारले अब बेरोजगार भत्ता नदिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष मात्रै सुरू गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम यो वर्ष पनि ढिलाइ भएको छ।

अब यो कार्यक्रममार्फत बेरोजगार भत्ता नदिइने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत युवालाई वर्षमा सय दिनको रोजगार दिने र रोजगार नपाउनेलाई बेरोजगार भत्ता दिने घोषणा गरेका थिए।

प्रधानमन्त्री रोजगार कार्यक्रमले त्यहीअनुसार, निर्णय पनि गरेको थियो। अब भने बेरोजगार भत्ता नदिइने भएको छ।

गत वर्ष पनि बेरोजगार भत्ता दिइएको थिएन्। यो आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याउने निर्णय गरिएको थियो। तर, यो वर्ष पनि ढिलाई भएपछी यस्तो निर्णय गरिएको हो ।

चालु आर्थिक वर्षको कार्यक्रमका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यक्रमको पूर्ण विवरण प्राप्त भएका स्थानीय तहलाई निकासा गरिसकेको छ।

फागुन २ गते मन्त्रालयले विवरण प्राप्त भएका ६ सय २३ स्थानीय तहलाई दुई अर्ब रुपैयाँ निकासा गरेको हो।