काठमाडौंका विभिन्न स्थानमा चार दिन बिजुली काटिने - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

काठमाडौंका विभिन्न स्थानमा चार दिन बिजुली काटिने



काठमाडौं- काठमाडौंका विभिन्न पाँच ठाउँमा चार दिन बिजुली जाने भएको छ। फिडरको स्तरोन्नती (कन्डक्टर अपग्रेडिङ) कार्य गर्नुपर्ने भएकोले बिजुली जाने बताइएको छ ।

फोर्सपार्क, वीरेन्द्रचोक, गान्धीमोड, हात्तिडाडा र एयरपोर्ट पछाडिलगायतका क्षेत्रमा मंगलबार (आज) बुधबार, बिहीबार र शुक्रबार दिनभर बिजुली जाने भएको हो।

जोरपाटी वितरण केन्द्रको गोठाटार फिडरको स्तरोन्नती (कन्डक्टर अपग्रेडिङ) कार्य गर्नुपर्ने भएकोले ४, ५ ,६ र ७ गते विहान ९ बजेबाट साँझ ४ बजेसम्म सट डाउन गर्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

उक्त फिडरअन्तर्गत बिजुली सप्लाइ लिएका क्षेत्रहरुका ग्राहकलाई असर पर्ने भएको हो। उक्त कार्य निर्धारितसमय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुनसक्ने समेत प्राधिकरणकी सुचना अधिकार लिला अर्याल बताइन्।