भारतमा कोरोना सङ्क्रमणबाट मर्नेको सङ्ख्या बढ्यो - Himal Post Himal Post
  • १३ मंसिर २०८१, बिहीबार
  •      Thu Nov 28 2024
Logo

भारतमा कोरोना सङ्क्रमणबाट मर्नेको सङ्ख्या बढ्यो



काठमाडौं- भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

महाराष्ट्रको राजधानी मुम्बईको कस्तरुवबा अस्पतालमा मंगलबार एक ६४ वर्षीय पुरुषको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतमा यसअघि कोरोना संक्रमणबाट दुईजनाको मृत्यु भएको थियो ।

भारतमा कोरोनाको संक्रमणबाट पहिलो पटक कर्नाटकको कलबुर्गीमा एक ७६ वर्षीय पुरुष र त्यसपछि दिल्लीमा एक ६८ वर्षीय महिलाको मृत्यु भएको थियो ।

भारतमा बितेको २४ घण्टामा थप १२ जनामा कोरोनाको संक्रमण पाइएको । अहिलेसम्म भारतमा १ सय २८ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ।