अख्तियारले थाल्यो बास्कोटा काण्डको छानबिन - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

अख्तियारले थाल्यो बास्कोटा काण्डको छानबिन



काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विवादास्पद सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद कमिसन प्रकरणबारे छानविन थालेको छ।

स्रोतका अनुसार अख्तियारले केही दिनअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयललाई पत्र पठाएर सुरक्षण मुद्रण (सेक्युरिटी प्रिन्टिङ प्रेस) खरिद प्रकरणसँग सम्बन्धित सम्पूर्ण फाइल माग गरेको हो।

सुरक्षण मुद्रण खरिद सम्बन्धमा कमिसनको चर्चा भएको अडियो टेप सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका थिए।

स्रोतका अनुसार अख्तियारका तीन जना अधिकारीले अहिले यो प्रकरणको अनुसन्धान गरिरहेका छन्।

स्वीटजरल्याण्डको केबीए–नोटासिस एसए कम्पनीको नेपाल प्रतिनिधि दाबी गर्ने विजयप्रकाश मिश्रले सुरक्षण मुद्रण खरिद प्रक्रियामा छलफल हुँदा मन्त्री बास्कोटाले करिब ७० करोड कमिसन मागेको आरोप लगाउँदै त्यस सम्बन्धि अडियो टेप सार्वजनिक गरेका थिए।

आफुमाथि प्रश्न उठेको भन्दै मन्त्री बास्कोटाले तत्कालै पदबाट राजीनामा दिएर यसमाथि छानविन गर्न आग्रह गरेका थिए।

तर सुरक्षण मुद्रण खरिद प्रक्रिया नै विवादमा परेर अगाडि नबढेकाले यो प्रकरणमा अख्तियारले छानविन गरेपनि बास्कोटाले सफाइ पाउने धेरैको अनुमान छ।