एकै विद्यालयका २५ विद्यार्थी विरामी: सात जना गम्भीर - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

एकै विद्यालयका २५ विद्यार्थी विरामी: सात जना गम्भीर



जाजरकोट : जाजरकोटको एक विद्यालयका २५ जना विद्यार्थी एकै पटक विरामी परेका छन् भने सात जनाको अवस्था गम्भीर छ ।

भेरी नगरपालिका-७ पुन्मास्थित सरस्वती माध्यमिक विद्यालयका २५ विद्यार्थी एकै पटक विरामी परेका हुन्।

उक्त विद्यालयका विद्यार्थीमा रुघाखोकी, ज्वरो र टाउको दुख्ने समस्या देखिएको बताइएको छ ।

वार्षिक परीक्षा दिने क्रममा सोमबार ति विद्यार्थी विरामी परेका हुन्। कतिपय विद्यार्थी शनिबारदेखि नै विरामी भए पनि वार्षिक परीक्षा छुट्ने डरले परीक्षामा सहभागी भइरहेको बताइएको छ।

केही विद्यार्थी विरामी भएको जानकारी आएपछि नगरपालिकाले एक स्वास्थ्यकर्मीको टोली औषधिसहित विद्यालयमा पठाएको छ ।

विद्यालय सदरमुकाम खलंगाबाट सो विद्यालय पुग्न तीन घण्टाको समय लाग्छ।