युवती आफैंले यौन सम्पर्क गर्न लगाइन्, भिडियो बनाएर युवकसँग गरिन् बार्गेनिङ - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

युवती आफैंले यौन सम्पर्क गर्न लगाइन्, भिडियो बनाएर युवकसँग गरिन् बार्गेनिङ



काठमाडौं- गेस्ट हाउसमा बसेको रकम तिर्न र मोटरसाइकल खरिद गर्न भन्दै युवाको एक समूहले जानीजानी सेक्स भिडियो टेप बनाएर ‘ब्ल्याकमेलिङ’ गरेको पाइएको छ।

बागबजारस्थित एक गेस्ट हाउसमा जानीजानी यौन सम्बन्ध राखेको भिडियो खिचेर एक युवकलाई ३ लाख रुपैयाँ बार्गेनिङ गरेको पाइएको छ। महानगरीय प्रहरी वृत्त सिंहदरबारले अहिले यो घटनाको अनुसन्धान गरिरहेको छ।

घटना नारी दिवसकै दिन फागुन २५ गते रातिको हो।

रामेछाप दिमी पोखरी घर भई हाल काठमाडौं महानगरपालिका १२ मा डेरामा बस्ने एलिक्स भन्ने श्याम रायमाझी, राज भन्ने सुरज रायमाझी र बौद्धमा बस्ने एक युवतीको मिलेमतोमा अर्का युवकलाई बार्गेनिङ गर्ने योजनाअनुसार सेक्स भिडियो बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ, आजको अन्नपूर्ण पोस्टमा सुवास गोतामेले खबर लेखेका छन्।

वृत्तका प्रमुख डीएसपी कौशल बुढाथोकीका अनुसार सुरुमा चारै जनाले रक्सी खाएका थिए। नशा चढ्दै गएपछि ती युवकले नै युवतीलाई यौन प्रस्तावको प्रस्ताव गरेका थिए। यौन सम्पर्क नगर्ने बताएकी युवतीलाई एलिक्सले नै गेस्ट हाउसमा खाएको बिल तिर्न गाह्रो हुन्छ भन्दै राजी हुन मनाएको बयान युवतीले प्रहरीमा दिएकी छन्।

योजनाअनुसार ती युवती आफैंले ३ लाख दिए भिडियो हटाउने बार्गेनिङ गरेकी थिइन्। तर २ लाख ५० हजारमा कुरा मिलेको थियो।

युवकले रकम १५ दिनमा तिर्ने सर्त राखेपछि होटलमा तिर्नुपर्ने १५ हजार मात्रै तिरेर उनीहरू बाहिरिएको प्रहरीले बताएको छ। वृत्तका डीएसपी बुढाथोकीले युवकको जाहेरीअनुसार हाल ती युवती, एलिक्स र राजलाई पक्राउ गरिएको जानकारी दिए।