मनकारी रोनाल्डो: कोरोना संक्रमितको नि:शुल्क उपचार गर्न आफ्नै होटललाई बनाए अस्पताल - Himal Post Himal Post
  • १३ मंसिर २०८१, बिहीबार
  •      Thu Nov 28 2024
Logo

मनकारी रोनाल्डो: कोरोना संक्रमितको नि:शुल्क उपचार गर्न आफ्नै होटललाई बनाए अस्पताल



काठमाडौं- कोरोना भाइरसको संक्रमण फैलिएसँगै पोर्चुगलका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो स्टार होटललाई अस्पतालमा परिवर्तन गर्न सुरु गरेका छन् ।

पोर्चुगलमा समेत कोरोनाको संक्रमण बढ्न थालेपछि रोनाल्डोले विरामीको उपचारका लागि आफ्नै होटललाई अस्पतालमा रुपान्तरण गरेका हुन् ।

रोनाल्डोले लिस्बनमा रहेको आफ्नो सुविधा सम्पन्न होटल ‘पेस्टाना सीआर–७’ लाई अस्थायी रूपमा अस्पतालमा परिवर्तन गर्न लागेको अन्तराष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।

रोनाल्डोले होटललाई सात दिनभित्र अस्पतालमा परिणत गरेर कोरोना संक्रमित विरामीको निशुल्क उपचार गर्न लागेको बताईएको छ ।

रोनाल्डोले विरामीको उपचार, औषधी, बस्ने र खाने सबै खर्च निस्शुल्क गर्न लागेका हुन् । उपचारमा सम्लग्न डाक्टर, नर्स र प्राविधिकको खर्च पनि रोनाल्डोले ब्यक्तिगत गर्नेछन् ।

फुटबलमा विश्वभर ख्याती कमाएका रोनाल्डो सामाजिक कार्यमा पनि मनकारी छन् ।

रोनाल्डो खेलाडीको रूपमा मात्र नभई मानवीय गुणले पनि भरिपूर्ण ब्यक्ति भएको भन्दै उनको अहिले विश्वभर तारिफ भइरहेको छ ।

इटालीबाट आमालाई भेट्न पोर्चुगल पुगेका रोनाल्डोलाई कोरोना संक्रमण भएको भन्दै घरमै ‘क्वारेन्टाइन’ मा राखिएको थियो । तर प्रशिक्षणपछि उनमा कोरोनाको संक्रणम फेला परेको थिएन ।

पोर्चुगलमा शनिबारसम्म एक सय ६९ जनालाई कोरोना संक्रमित भएको पृष्टि भएको छ । अहिलेसम्म कसैको ज्यान भने गएको छैन ।