१२ जिल्लाका सीडिओ फेरिए: को कहाँ ?
काठमाडौँ – विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर भएका छन् ।
गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको हो ।
मकवानपुरमा दीपकराज नेपाल, कास्कीमा ज्ञानप्रसाद ढकाल, धनुषामा कोषहरि निरौला, अछाममा पुष्पविक्रम पौडेल, धनकुटामा केशवप्रसाद विमली, सिन्धुलीमा योगेन्द्रप्रसाद पाण्डे र उदयपुरमा दीपककुमार पहाडी पुगेका छन्।
पाँचथरमा अर्जुनकुमार शर्मा, सिराहामा सरोजकुमार गुरागाई र तनहुँमा बद्रिनाथ अधिकारीको सरुवा भएको छ।
कार्यबहाक जिल्ला प्रमुखका रुपमा बारामा रुद्रप्रसाद पण्डित र गुल्मीमा भरतकुमार शर्मा पुगेका छन्।
अध्यागन विभाग र कारागार व्यवस्थापन विभागका प्रमुख पनि परिवर्तन भएका छन्। गृहले कारागार व्यवस्थापन विभागमा प्रदिपराज कँडेल र अध्यागमनमा रमेशकुमार केसीलाई पठाएको छ। यसअघि कँडेल धनुषा र केसी कास्कीको सीडिओ थिए।