पशुपति शमशेरले बताए प्रधानमन्त्रीले तत्काल राजिनामा दिनुपर्ने कारण
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर आराम गर्नुपर्ने बताएका छन् ।
शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राजीनामा दिएर आराम गर्नुपर्ने सल्लाह दिएका हुन् । कार्यक्रममा उनले भने, ‘आराम गर्न दिने बेला भएको छ । आराम गर्न जे जे गर्नुपर्छ, गर्नुहोस् ।’
कार्यक्रमामा बोल्दै उनले प्रधानमन्त्री ओली स्वस्थ भएको अवस्थामा समेत मुलुकका लागि गर्नुपर्ने काम गर्न नसकेको दाबी गरे ।
उनले सरकारको चर्को आलोचना गर्दै नेकपा नेतृत्वको सरकारले व्यापक भ्रष्टाचार गरेको, संवैधानिक अंगहरुमा राजनीतिकरण भएको, परराष्ट्र नीतिमा असन्तुलन आएको र जनतालाई करमाथि कर थुपारेको आरोप समेत लगाए ।
राणाले राप्रपा संविधानप्रति प्रतिवद्ध रहेको र, सबै पक्षलाई स्वीकार्य हुने साझा संस्थाको रुपमा राजसंस्थासहित प्रजातन्त्रका लागि अगाडि बढेको बताए ।