प्रधानमन्त्री ओलीले भने: कोरोना उपचार गर्न छुट्टै अस्पताल चाहिन्छ - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

प्रधानमन्त्री ओलीले भने: कोरोना उपचार गर्न छुट्टै अस्पताल चाहिन्छ



काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको उपचार गर्न छुट्टै अस्पतालको आवश्यकता रहेको बताएका छन्।

शुक्रबार मात्र डिस्चार्ज भएका प्रधानमन्त्री ओलीले डिस्चार्ज भएको भोलिपल्ट नै कोरोना रोकथाम र नियन्त्रणमा चासो देखाएका हुन् ।

प्रधानमन्त्री ओलीले रक्षामन्त्री तथा कोरोना रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग उक्त विषय उठाएका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘५० देखि १०० बेडको छुट्टै अस्पताल जरुरत पर्नसक्छ भन्नुभएको हो।’

कोरोना भाइरसको उपाचारार्थ छुट्टै अस्पतालको आवश्यकता रहेको प्रधानमन्त्रीले सुझावका रुपमा उक्त विषय उठाएको बताइएको छ।