बिहानैदेखि प्रचण्ड निवासमा नेताहरूको गोप्य बैठक - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

बिहानैदेखि प्रचण्ड निवासमा नेताहरूको गोप्य बैठक



काठमाडौं– नेकपाभित्र देखिएको उतारचढावबीच तीन शिर्ष नेताको गोप्य बैठक बसेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष बामदेव गौतम, वरिष्ठ नेता माधवकुमार नेपालले गोप्य भेट गरेको बताइएको छ ।

शुक्रबार बिहानैदेखि प्रचण्डनिवास खुमलटारमा नेताहरुबीच भेटघाट र छलफल गरेको बताइएको छ ।

प्रचण्डलाई भेट्न नेताहरु बिहान ७ बजे न्ने खुमलटार पुगेका थिए।

भेटमा पछिल्लो राजनीतिक घटनाक्रम तथा उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजानेलगायतका विषयमा छलफल भएको प्रचण्ड सचिवालय स्रोतले जनाएको छ।

नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज हुने समय नजिकिदै जाँदा नेताहरूको भेटघाट बाक्लो बनेको छ ।

प्रधानमन्त्री ओली अस्पताल भर्ना भए लगत्तै प्रचण्डले आफू बिरामी भएको भन्दै भेटघाट बन्द गरेका थिए ।

तर, स्रोतको दाबी अनुसार प्रचण्डसँग नेताहरू झलनाथ खनाल, माधव नेपाल र वामदेव गौतमले लगातार भेट गरिरहेका छन्।