अमेरिकी सेनाले वुहानमा ल्याएर कोरोना भाइरस छाडेको चीनको दाबी - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

अमेरिकी सेनाले वुहानमा ल्याएर कोरोना भाइरस छाडेको चीनको दाबी



काठमाडौं- चीनका एक अधिकारीले अमेरिकी सेनाले नै कोरोना भाइरस चीनमा ल्याएर फैलाएको आरोप लगाएका छन् ।

विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस तीव्र गतिले फैलिएको छ भने लाखौँ मानिस यसको सङ्क्रमणले आक्रान्त बनेका छन् ।

हालसम्म ५ करिव ५ हजार मानिसको यसकै कारण मृत्यु भैसकेको बेला चीनका एक अधिकारीले यस्तो बताउनुले अन्तराष्ट्रिय जगतमा चर्चाको माहोल बनाएको छ ।

चीनको सरकारी पत्रिका ‘ग्लोवल टाइम्स’ले बिहीवार आफ्नो खबरमा अमेरिकी रोग नियन्त्रण एवम रोकथाम केन्द्र (सीडीसी) का निर्देशक रोबर्ट रेडफिल्डले बताए अनुसार फ्लुका केहि बिरामीहरु पहिचान गर्न गल्ती भएको थियो, जुन कोरोना भाइरसबाट ग्रस्त थिए ।

खबरका अनुसार कोरोना भाइरस अमेरिकामा अत्याधिक फैलिइरहेको तर अमेरिकी सरकारले सूचना लुकाईरहेको बताइएको छ ।

चीनको विदेश मन्त्रालयका एक प्रवक्ता जाओ लिजिआनले सायद अमेरिकी सेनाले नै कोरोना भाइरस वुहान लिएर आएको हुनसक्ने आरोप लगाएका छन् ।

चीनको सबैभन्दा धेरै प्रभावित हुवेई प्रान्तको वुहान शहर नै रहेको छ । तर लिजिआनले अमेरिकी सेनाका बिरुद्ध आफ्नो आरोपमाथि बिस्तारमा भने बताएका छैनन् ।