अमेरिकी राष्ट्रपति ट्रम्पलाई पनि कोरोना सङ्क्रमणको आशंका - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

अमेरिकी राष्ट्रपति ट्रम्पलाई पनि कोरोना सङ्क्रमणको आशंका



काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि कोरोना सङ्क्रमण भएको आशंका गरिएको छ ।

ट्रम्पलाई भेटेर फर्केका ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोलाई कोरोना भाइरसको संक्रमण भएपछि यस्तो आशंका गरिएको हो ।

बोल्सोनारोक प्रेस सेक्रेटरी वेनगार्टेनले गएको शनिबार फ्रोल्लोरिडामा राष्ट्रपति ट्रम्पलाई भेटेका थिए ।

प्रेस सेक्रेटरी संक्रमित भएपछि राष्ट्रपति बोल्सोनारोको स्वास्थ्य निगरानी गर्न थालिएको छ। राष्ट्रपति बोल्सोनारोलाई पनि संक्रमणको आशंका गरिएको छ ।

ट्रम्पले कोरोनाभाइरस रोकथामका लागि भन्दै ईयू र अमेरिकाबीच यात्रा प्रतिबन्ध लगाएको छ ।

ट्रम्पले एक महिनाका लागि ईयूका यात्रुलाई अमेरिका प्रवेश निषेध गर्ने योजना सार्वजनिक गरेका छन् ।

शुक्रवार मध्यरातपछि ३० दिनसम्म ईयूका २६ देशका यात्रुलाई अमेरिका प्रवेशमा रोक लगाइँदैछ।

ट्रम्पले एक महिनाका लागि ईयूका यात्रुलाई अमेरिका प्रवेश निषेध गर्ने योजना सार्वजनिक गरेपछि त्यसको चौतर्फी असर देखिन थालेको छ।

अमेरिका, युरोप र एशियाका शेयरबजारहरू नाटकीय रूपमा ओरालो लागेका छन्।