दिल्लीमा स्कुल, कलेज र सिनेमाघर बन्द: केजरीवालले लिए एक्सन - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

दिल्लीमा स्कुल, कलेज र सिनेमाघर बन्द: केजरीवालले लिए एक्सन



एजेन्सी– कोरोना भाइरसको खतरालाई लक्षित गर्दै अरविन्द केजरीवाल नेतृत्वको दिल्ली सरकारले दिल्लीमा कोरोनाको महामारी घोषणा गरेको छ।

दिल्ली सरकारले आगामी ३१ मार्च (चैत १८) सम्मका लागि सिनेमा घरका साथै विद्यालयहरु बन्द रहने निर्णय गरेको छ।

दिल्लीका मुृख्यमन्त्री केजरीवालले कोरोनाको संक्रमणबाट जोगिन परिक्षा सकिएका स्कुल, कलेजका साथै सिनेमाघरहरु बन्द गर्ने घोषणा गरेका हुन्।

यस्तै दिल्लीका विभिन्न अस्पतालहरुमा कोरोनाका सम्भावित संक्रमणलाई मध्यनजर गर्दै तयारीलाई समेत तीब्र रुपमा अगाडी बढाएको मुख्यमन्त्री केजरीवाललाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतमा कोरानाको संक्रमण बढ्दै गएपछि दिल्ली सरकारले यस्तो कदम उठाएको हो। भारतमा हालसम्म ७३ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ।

बिहीबारमात्रै भारतको उत्तरप्रदेश, लद्दाख, महाराष्ट्रलगायका राज्यमा समेत कोरोनाको संक्रमण देखिएको पुष्टि भएको छ।