लखनऊमा पनि भेटिए कोरोना संक्रमित - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

लखनऊमा पनि भेटिए कोरोना संक्रमित



काठमाडौं- भारतको उत्तर प्रदेशको राजधानी लखनऊमा पनि कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।

क्यानडाबाट आएकी एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

ती महिला लखनऊमा रहेका आफन्तलाई भेट्न आएकी थिइन् । तर ती महिलाका पतिको रिपोर्ट नेगेटिभ आएको छ ।

महिलालाई केजीएमयूको आईसोलेशन वार्डमा राखिएको छ । यसका साथ भारतमा कोरोना भाइरस पीडितको संख्या ६१ पुगेको छ ।