कुनैपनि देशबाट भारत छिर्न प्रतिबन्ध - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

कुनैपनि देशबाट भारत छिर्न प्रतिबन्ध



एजेन्सी- विवश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसलाई विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको छ।

चीनसँगै इरान र इटालीको यसको संक्रमण तीव्ररुपमा फैलिरहेको छ।

कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलिन थालेपछि भारतले विदेशबाट आउने सबै आगन्तुकको भिसा अप्रिल १५ सम्मका लागि स्थगित गरेको छ।

स्वास्थ्य मन्त्री डा. हर्ष वर्धनले कोरोना भाइरसको संक्रमणबाट बच्न यस्तो निर्णय गर्नुपरेको बताए। उनका अनुसार मार्च १३ देखि अप्रिल १५ सम्म भारतमा कुनै पनि देशबाट यात्रा गर्न पाउन छैनन्।

तर कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय संघसंगठनका कर्मचारीहरुका लागि भने यो नियम लागू नहुने बताइएको छ।

भारत सरकारले आफ्ना नागरिकलाई विदेश नजान पनि सल्लाह दिएको छ। यदि कहीँ कतै पुगेर भारत फर्किए क्वारेन्टाइनमा राख्न बाध्य हुने भारत सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विदेशमा रहेका आफ्ना नागरिकलाई भने सम्बन्धित दूतावाससँग सम्पर्क गरेरमात्र स्वदेश फर्किन सल्लाह दिइएको छ।

सरकारले मंगलबारमात्र युरोपका तीन राष्ट्रा जर्मनी, फ्रान्स र स्पेनको भिसा स्थगित गरेको थियो। त्यसअघि चीन, इरान, दक्षिण कोरिया, जापान, इटालीको भिसा पनि अनिश्चितकालको लागि स्थगित गरिसकेको छ।

पछिल्लो समाचारका अनुसार भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६० पुगेको छ।