कोरोना कहर: इटालीमा एक दिनमै १९६ जनाको मृत्यु - Himal Post Himal Post
  • १३ मंसिर २०८१, बिहीबार
  •      Thu Nov 28 2024
Logo

कोरोना कहर: इटालीमा एक दिनमै १९६ जनाको मृत्यु



काठमाडौँ- इटालीमा कोरोना भाइरसका कारण एक दिनमा नै १९६ जनाको मृत्यु भएको छ । योसँगै भाइरसका कारण मर्नेहरुको संख्या ८२७ पुगेको छ । त्यस्तै संक्रमतिहरुको संख्या पनि १७ हजार नाघेको छ ।

एकदिनमा नै २३१२ जना नयाँ संक्रमितहरु देखा परेका हुन् । इटालीले कोरोना भाइरसका कारण सबै खाले विशेष कार्यक्रम रद्द गरेको छ भने झण्डै १ करोड १० लाख मानिसलाई क्वारेनटाइनमा राखेको छ ।

तीब्र रुपमा कोरोना भाइरस फैलिएपछि इटाली र युरोपभर त्रासको वातावरण रहेको छ ।

घरमा रहेका मानिसहरुलाई बाहिर ननिस्कन र उच्च सतर्कता अपनाउन सरकारले बारम्बार आग्रह गर्दै आइरहेको छ ।

तर, जसरी भाइरसको महामारी फैलिएको छ यसले सरकारलाई नै थप समस्यामा परेको छ ।

आवश्यक सामाग्री जुटाउन समेत सरकारलाई कठिनाई भएको मिडिया रिपोर्टमा उल्लेख छ ।