डब्लुएचओद्वारा विश्वव्यापी महामारी घोषणा - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

डब्लुएचओद्वारा विश्वव्यापी महामारी घोषणा



एजेन्सी- चीनको वुहान शहरबाट विश्वभर फैलिएको कोरोना भाइरस कोभिड १९ लाई विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको छ ।

डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रायसेजले पत्रकार सम्मेलन गर्दै कोभिड १९ लाई विश्वव्यापी महामारीको घोषणा गरेका हुन् ।

उनले कोभिड १९ को महामारीलाई हलुका रुपमा नलिन विश्वका सबै मुलुकलाई आग्रह गरेका छन् ।

चीनको वुहानबाट फैलिएको भाइरसको संक्रमण पछिल्लो २ हप्तामा चीन बाहिर १३ गुणाले बढेकोले विश्वव्यापी महामारी घोषणा गरिएको उनले बताएका छन् ।

विश्वभर ४ हजार भन्दा धेरै मानिसहरुको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भइसकेको छ।