२० को मास्क १ सय २० मा बेच्ने बानेश्वरको भरोसा फार्मेसीलाई २ लाख जरिवाना - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

२० को मास्क १ सय २० मा बेच्ने बानेश्वरको भरोसा फार्मेसीलाई २ लाख जरिवाना



काठमाडौं- कोरोना सङ्क्रमणले बजारमा विभिन्न खाले सामाग्रीको कृत्रिम अभाव बनाइएको छ।

यस्तै कृत्रिम अभाव सृजना गरेर महँगो सामग्री महँगो मूल्यमा विक्री गरेको अभियोगमा काठमाडौँको नयाँबानेश्वरस्थित भरोसा फार्मेसीलाई सरकारले कारबाही गरेको छ।

मास्कसहित सर्जिकल सामग्रीमा कृत्रिम अभाव सृजना गरेको अभियोगमा वाणिज्य आपूर्ति तथा उपभोत्ता हित संरक्षण विभागले फार्मेसीलाई बुधबार २ लाख जरिवाना गरेको हो ।

उक्त फार्मेसीले २० रुपैयाँको मास्क १ सय २० रुपैयाँसम्ममा बिक्री गरेको उजुरी परेको थियो।

विभागद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘‘उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) कसुरमा दफा ३९ (१) (ख) बमोजिम जरिवाना गरिएको होे।