बिरामी नभएपछि चीनले रातारात बनाएको अस्पताल बन्द - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

बिरामी नभएपछि चीनले रातारात बनाएको अस्पताल बन्द



एजेन्सी-बिरामी नभएपछि चीनले रातारात बनाएको अस्पताल बन्द गरेको छ ।

गएको डिसेम्बर अन्तिममा कोरोना भाइरसको संक्रमण देखिएपछि चीनको वुहानमा रातारात बनाइएको अस्पताल अहिले खाली भएको छ।

संक्रमण बढ्दै गएपछि ६ दिनमा एक हजार बेडको अस्पताल बनाइएको थियो।

चीनबाट अन्य देशमा पनि महामारीको रुपमा फैलिएको कोरोना अहिले चीनमा भने नियन्त्रण उन्मुख छ।

सोमबार चीनमा १९ जनामा मात्र कोरोना भाइरसको नयाँ संक्रमण भेटिएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ। एक महिनाअघिसम्म पनि चीनमा कोरोनाको संक्रमण दर तीव्र थियो।

कोरोनाको आशंकामा उपचाररत हजारौं बिरामी घर फर्किएपछि वुहानको अस्पताल खाली भएको छ।

बिरामी नभएपछि सोमबारदेखि अस्पताल बन्द गरिएको छ ।