सुन्दै होस् उड्ने सुनको मूल्य - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

सुन्दै होस् उड्ने सुनको मूल्य



काठमाण्डौं- सुनको मूल्यले मङ्गलबार फेरि नयाँ रेकर्ड राखेको छ ।

लगातार बढेपछि सुन्दै होस् उड्ने बनेको मूल्य अझै बढ्ने आंकलम गरिएको छ।

तोलामा दुई सय रुपैयाँ बढेर सुनको मूल्य अहिलेसम्मकै महँगो भएको छ ।

सुन मङ्गलबार तोलाको ८२ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि गएको आइतबार सुन तोलाको ८२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेर तोलाको आठ सय ८० रुपैयाँमा झरेको छ ।