८ वर्षीया बालिकाले नै मोदीको सम्मान बहिस्कार गरेपछि... - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

८ वर्षीया बालिकाले नै मोदीको सम्मान बहिस्कार गरेपछि…



एजेन्सी- भारतमा अन्तर्राष्ट्रिय बाल शान्ति पुरस्कारबाट सम्मानित ८ वर्षीया बालिकाले प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको सम्मान अस्वीकार गरेकी छन्।

भारतको पूर्वोत्तर राज्य मणिपुरकी लिसिप्रिया कन्गुजमले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नरेन्द्र मोदीले ट्विटरमार्फत दिएको सम्मान अस्वीकार गरेकी हुन्।

सन् २०१९ मा अन्तर्राष्ट्रिय बाल शान्ति पुरस्कार पाएकी कन्गुजम पर्यावरणसम्बन्धी मुद्दामा निकै सक्रिय छिन्।

अन्तर्राष्ट्रिय महिला दिवसका अववसरमा भारतले सरकारले विभिन्न क्षेत्रमा क्रियाशील महिलाको नामै उल्लेख गरेर सम्मान प्रकट गर्ने क्रममा कन्गुजमको नाम पनि उल्लेख गरेको थियो।

त्यसमा प्रतिक्रिया दिँदै कन्गुजमले यस्तो लेखेकी हुन् :

प्रिय नरेन्द्र मोदीजी, यदि तपाईं मेरो आवाज सुन्नुहुन्न भने कृपया मलाई बधाई नदिनुहोस्।

प्रेरणादायी महिलाहरूमा मलाई पनि राख्नुभएकामा धन्यवाद। कैयौं।पटक सोचेपछि मैले यो सम्मान अस्वीकार गर्ने निर्णय गरें।

उनले अगाडि लेखेकी छन्:

प्रिय नेता र राजनीतिक पार्टीहरू, मलाई यसको निम्ति प्रशंसा चाहिँदैन। यसको साटो आफ्ना सांसदलाई जारी संसद् सत्रमा मेरो आवाज उठाउन भन्नुहोस्।

मलाई आफ्नो राजनीतिक लक्ष्य र प्रचारबाजीको साधनका रूपमा उपयोग नगर्नुहोस्। म तपाईंका पक्षमा छैन।