कोरोना सङ्क्रमण: अमेरिकामा भन्दा भारतमा बढी
काठमाडौं- भारतमा कोरोना भाइरस संक्रमित बढेका छन् । आइतबार रातिसम्म भारतमा ४१ जना संक्रमित फेला परेका हुन् । यो संख्या अमेरिकामा भन्दा बढी हो ।
सबैभन्दा बढी जयपुरमा १७ जना संक्रमित भएका छन् । १६ जना इटालीबाट आएका थिए भने एक भारतीय ड्राइभर हुन् जसले तिनीहरुलाई घुमाएका थिए ।
आगरामा ६, केरलमा ५, तमिलनाडुमा ३, दिल्लीमा ३ जना संक्रमित रहेका छन् ।
अमृतसर र लद्दाखमा २–२ जना संक्रमित भएका छन् । त्यस्तै गाजियाबाद, गुडगाँव र तेलंगानामा १–१ जना संक्रमित रहेका छन् ।
इरानबाट आएका ४४५ जना पर्यटक अझै नभेटिएकाले तिनीहरुको खोजी जारी रहेको बताइएको छ ।
अरुणाचल प्रदेशमा विदेशी यात्रुलाई छिर्नै प्रतिवन्ध लगाइएको छ ।
दिल्लीमा नमूना पठाइयो
दिल्लीमा आइसोलेसनमा राखिएका व्यक्तिहरुको कोरोना परीक्षणका लागि नमूना पठाइएको छ ।
पहिलो संक्रमित व्यक्ति १०५ जनाको सम्पर्कमा आएको थियो ।
दोस्रो व्यक्ति १६८ तथा तेस्रो व्यक्ति १६४ जनासंग सम्पर्कमा आएको थियो ।