कोरोना कहर: अमेरिकामा संकटकाल घोषणा - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

कोरोना कहर: अमेरिकामा संकटकाल घोषणा



काठमाडौं- चीनबाट सुरू भएको संक्रमण अब संसारभर फैलिएको छ। अहिलेसम्म तीन हजार दुई सय ८३ जनाको मृत्यु भएको छ।

अमेरिकामा कोरोना भाइरसले ११ जनाको मृत्यु भएको छ। बिहीबार एक जनाको मृत्यु भपछि अमेरिकाको क्यालिफोर्निया राज्यले संकटकाल घोषणा गरेको छ।

बिहीबारसम्म संक्रमति संख्या एक सय ५० पुगेको छ। अमेरिकाका १६ राज्यमा कोरोना भाइरसको संक्रमण देखिएको छ। ११ जनाको मृत्यु भएपछि देशव्यापी रुपमा परीक्षण गर्ने घोषणा गरेको छ।

बिहीबार बिहानसम्म ७५ देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ। यसबाट ९५ हजार जना बिरामी परेका छन्। त्यसमध्ये तीन हजार दुई सय ८३ जनाको मृत्यु भएको छ।

चीनमा मात्रै ८० हजार चार सय नौ जनामा संक्रमण देखिएको छ। चीन बाहिर पनि १४ हजारभन्दा बढीमा संक्रमण देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

त्यस्तै, चीनमा तीन हजार १२ जनाको मृत्यु भएको छ। चीन बाहिर विभिन्न देशमा दुई सय ७१ जनाले ज्यान गुमाएका छन्। चीनपछि सबैभन्दा बढी इटालीमा एक सय सात जनाको मृत्यु भएको छ।

त्यस्तै, इरानमा ९२, दक्षिण कोरियामा ३५, जापनामा १२, अमेरिकामा ११, फ्रान्समा चार, हङकङ, स्पेन र इराकमा दुई–दुई, ताइवान, अस्ट्रेलिया, थाइल्यान्ड र फिलिपिन्समा एक–एक जनाको मृत्यु भएको छ।

इटालीमा कोरोना भाइरसले महामारीको रुप लिएपछि सबै स्कुल बन्द गरिएको छ। अहिले एक महिनासम्म स्कुल बन्द गरिएका छन्।