नेपाल घुमेर फर्केका पर्यटकको कोरोनाका कारण मृत्यु - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

नेपाल घुमेर फर्केका पर्यटकको कोरोनाका कारण मृत्यु



काठमाडौं- नेपालको यात्रा गरी स्पेन पुगेका एक नागरिकको ‘कोभिड १९’ भनिने कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ।

यद्यपी; स्पेनका अधिकारीहरुले ती पर्यटकलाई नेपाल छँदै संक्रमण भएको थियो या नेपालबाट प्रस्थान गरेपछि संक्रमण भएको थियो भन्ने जानकारी दिएका छैनन्‌।

कोरोना संक्रमित भएको भेटिएपछि ती नागरिकलाई स्पेनको भ्यालेन्सिया अस्पतालमा राखिएको, तर उनको मृत्यु भएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्।

डेलीमेलका अनुसार यो नै कोरोना भाइरसका कारण स्पेनमा मानिसले ज्यान गुमाएको पहिलो घटना हो।

नेपाल घुमेर गएका भनिएका ती व्यक्तिमा शुरुमा निमोनिया देखिएको थियो। तर त्यो निमोनियाको प्रकार स्वास्थ्य अधिकारीहरुले नै पत्ता लगाउन सकेका थिएनन्।

स्पेनमा अहिलेसम्म १६५ जनामा कोरोना संक्रमण देखिएको छ र यी मध्ये ४६ जना मड्रिडकै रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।