पुरानो पैसाबाट कोरोना फैलिएको आशंका - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

पुरानो पैसाबाट कोरोना फैलिएको आशंका



एजेन्सी- विश्व स्वास्थ्य संगठनले फोहोर पैसाबाट कोरोना फैलिरहेको हुनसक्ने भन्दै पैसाको कारोबार गरेपछि अनिवार्य हात धुन सुझाव दिएको छ।

चिनियाँ अधिकारीहरुले गत महिना चीनका सबै बैंकले पैसा धुने र उक्त पैसालाई भाइरस मर्नेगरी तातो स्थानमा राख्ने बताएका थिए।

हाल पैसाबाट कोरोना फैलनसक्ने भन्दै डब्लूएचओले पनि चेतावनी जारी गरेको हो। डब्लूएचओले नगद पैसाभन्दा डिजिटल कोरोबार गर्न सुझाव दिएको छ।

पैसा प्रयोग भएको खण्डमा अनिवार्य हात धुन डब्लुएचओले भनेको छ।