श्रीलंकाली राष्ट्रपतिले गरे संसद् भङ्ग, मध्यावधि चुनाव घोषणा - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

श्रीलंकाली राष्ट्रपतिले गरे संसद् भङ्ग, मध्यावधि चुनाव घोषणा



काठमाडौं- श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले कार्यकाल सकिन छ महीनाअघि संसद भंग गरेका छन्।

१९ फागुनमा संवैधानिक शक्ति प्रयोग गर्दै राष्ट्रपति राजापाक्षेले २५ अप्रिल (१३ वैशाख) मा नयाँ संसदीय निर्वाचन गर्ने घोषणा गरेका हुन्।

विपक्षी दलबाट राष्ट्रपतिमा निर्वाचित भएका उनले गत १८ नोभेम्वर २०१९ मा राष्ट्रपतिको पदभार सम्हालेका थिए।

श्रीलंकाको संविधानमा संसदको पाँचवर्षको अवधिमा साढे चारवर्ष पूरा भएपछि भंग गर्ने अधिकार राष्ट्रपतिमा हुने उल्लेख छ।

राष्ट्रपति राजापाक्षेले भने, “मैंले स्वतन्त्र रूपले काम गर्न पाएको छैन, किनभने संसद्मा मेरो शक्ति कम छ।”

राष्ट्रपति राजापाक्षेले संसद्मा पटक–पटक विपक्षी दलको अवरोधको सामना गर्दै आएका थिए।

त्यहाँको संसदमा प्रतिपक्षी दलको बहुमत छ । संसदमा २२५ जना सांसदहरू प्रतिपक्षमा छन्।

श्रीलंकाको निर्वाचन आयोगले ‘१४ मे’ मा नयाँ संसद बैठक हुने वक्तव्यसमेत जारी गरेको छ।

संविधानमा कुनै पनि परिवर्तन ल्याउन राजपाक्षेलाई संसदमा दुई तिहाई बहुमत आवश्यक पर्छ। वर्तमान राष्ट्रपति राजापाक्षे पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेको भाई हुन्।