नरेन्द्र मोदीले भने: सामाजिक सञ्जाल चलाउन बन्द गर्दैछु
काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूले चलाएका सबै सामाजिक सञ्जाल छाड्ने बताएका छन् ।
सोमबार ट्विटरमार्फत आफ्नो सामाजिक सञ्जाल छाड्ने धारणा लेख्दै भनेका छन्, ‘फेसबुक, ट्विटर, इन्स्टाग्राम र युट्युबमा रहेको आफ्नो अकाउन्ट बन्द गर्ने विषयमा बिचार गर्दैछु’ ।
आफूले विचार गरिरहेको जानकारी दिँदै उनले लेखेको धारणा देख्नेहरू एकाएक चकित परेका छन् ।
उनले आगामी आइतबारदेखि सामाजिक सञ्जाल छोड्ने र त्यसबारे आफूले जानकारी दिँदै जाने जनाएका छन्।
मोदी सामाजिक सञ्जालमा सबैभन्दा धेरै फलोअर्स भएका नेतामध्ये पर्छन्।
ट्विटरमा सोमबार साँझसम्म उनको ५ करोड ३३ लाख फलोअर्स छन् भने फेसबुकमा ४ करोड ४० लाख।
यस्तो छ उनको ट्वीट
This Sunday, thinking of giving up my social media accounts on Facebook, Twitter, Instagram & YouTube. Will keep you all posted.