कोरियामा कोरोना फैलाएका चर्चका प्रमुखले घुँडा टेकेर मागे माफी - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

कोरियामा कोरोना फैलाएका चर्चका प्रमुखले घुँडा टेकेर मागे माफी



एजेन्सी– दक्षिण कोरियास्थित एक चर्चका प्रमुखले घुँडा टेक्दै माफि मागेका छन्।

सिन्चियोन्जी चर्चका प्रमुख ली मान हिले दक्षिण कोरियामा कोरोना भाइरस फैलन जिम्मेवार रहेको स्विकार गर्दै पत्रकार सम्मेलनमा घुँडा टेकेर माफी मागेका हुन्। उनी उक्त चर्चका संस्थापक पनि हुन्।

दक्षिण कोरियामा कोरोना भाइरसका संक्रमितको संख्या चार हजार नाघेको छ जसमा ६० प्रतिशत सिन्चियोन्जी चर्चका सदस्य छन्।

सोमबार मात्र दक्षिण कोरियामा कोरोना भाइरसका चार सय ७६ नयाँ संक्रमित भेटिएका छन्। दक्षिण कोरियामा कोरोनाका कारण हालसम्म २६ जनाको मृत्यु भएको छ।

लापरबाही गरेको भन्दै सिन्चियोन्जी चर्चका प्रमुख ली मान हिमाथी अनुसन्धान हुनुपर्ने माग दक्षिण कोरियामा बढेको छ।