अचम्मको तथ्य : भारतीय प्रधानमन्त्री मोदीकै नागरिकता छैन - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

अचम्मको तथ्य : भारतीय प्रधानमन्त्री मोदीकै नागरिकता छैन



एजेन्सी- सुन्दा अचम्म लाग्न सक्छ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘नागरिकता’ प्रमाणपत्र छैन भन्दा। तर, प्रधानमन्त्री मोदीको सचिवालयले यही ढाँचाको जवाफ दिएको छ।

सन् २०२० जनवरी १७ मा नयाँ दिल्लीका शुभशङ्कर सरकारले सूचनाको हकसम्बन्धी अधिकार प्रयोग गर्दै प्रधानमन्त्री मोदीको जन्ममिति उपलब्ध गराइपाऊँ भनी आवेदन दिएका थिए। तर, उनको सचिवालयले तुरुन्त जन्ममिति उपलब्ध गराएन।

भर्खरै प्रधानमन्त्री कार्यालय (पिएमओ) का सचिव प्रवीणकुमारले प्रधानमन्त्री मोदीको जन्ममितिसम्बन्धी कुनै प्रमाणपत्र नभए पनि उनले जन्मले भारतीय नागरिक भएको स्पष्ट पारेका थिए।

‘१९५५ को नागरिकता ऐनको धारा ३ अनुसार उनी भारतीय नागरिक हुन्, तर उनको नागरिकता प्रमाणपत्र चाहिँ छैन,’ प्रवीणकुमारले नयाँ दिल्लीका शुभशङ्‌कर सरकारलाई उपलब्ध गराएको जानकारी उल्लेख भएको दार्जिलिङबाट प्रकाशित हिमालय दर्पणले उल्लेख गरेको छ।