स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी - Himal Post Himal Post
  • ९ पुष २०८१, मंगलवार
  •      Tue Dec 24 2024
Logo

स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी



काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले महामारीको रुप लिए देशभर स्वास्थ्य संकटकाल घोषणा गरिने जनाउ दिएका छन् ।

आफूले उक्त मन्त्रालयले जिम्मेवारी सम्हालेको १०० औं दिनमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो संकेत गरेका हुन् ।

सरकारले सरकारी र निजी अस्पताललाई समेत कोरोनाबाट बच्न पूर्वतयारीका साथ रहन आह्वान गरी २ महिनादेखि ४३ बेड आइसुलेसन ठीक अवस्थामा राखेको छ ।

यसबाट बच्न सीमा सुरक्षामा समेत विशेष ध्यान दिनुपरेकोले एयरपोर्टमा स्वास्थ्य परीक्षण डेस्क खडा गरी जनशक्ति बढाइएकाले अब जहाज चढ्नअघि र जहाजबाट उत्रिएपछि स्वास्थ्य परीक्षण गर्ने वातावरण मिलाइएको छ । यो समाचार नेपाल समाचारपत्रमा भगवती तिमल्सिनाले लेखेकी छन् ।