कन्हैया कुमार विरुद्ध राजद्रोहको मुद्दा: के होला अब ?
काठमाण्डौ – समाचार एजेन्सी पीटीआईका अनुसार अरविन्द केजरीवाल सरकारले कन्हैया कुमारविरुद्ध मुद्दा चलाउन अनुमति दिएको छ ।
शुक्रबार केजरीवाल नेतृत्वको दिल्ली सरकारले यसको अनुमति दिएको हो ।
सन् २०१६ फेब्रुअरी ९ मा जवाहरलाल नेहरू विश्वविद्यालयमा कथित रुपमा भारत विरोधी नारा लगाएको विषय सार्वजनिक भएको थियो ।
यो विषयमा प्रहरीले कन्हैया कुमार, उमर खालिद र अनिर्बान लगायत अन्य सात जनालाई अभियुक्त बनाएर उनीहरूमाथि राजद्रोहको मुद्दा दायर गरेको थियो ।
प्रहरीले अदालतमा आरोप पत्र दायर गरेको थियो तर मुद्दा चलाउन दिल्ली सरकारको अनुमति चाहिन्छ । तर दिल्ली सरकारले अहिलेसम्म यसको अनुमति दिएको थिएन ।
केही दिनअघि सर्वोच्च अदालतमा बिन्ती पत्र पनि दर्ता गरिएको थियो, जसमा दिल्ली सरकारलाई मुद्दा चलाउन दिन अदालतसँग अपिल गरिएको थियो ।
तर सर्वोच्च अदालतले त्यो बिन्ती पत्रलाई रद्द गरेको थियो ।