एकाएक बढ्यो डलरको भाउ - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

एकाएक बढ्यो डलरको भाउ



काठमाडौं- सुनको मूल्यले नयाँ रेकर्ड बनाईरहेको बेला अमेरिकी डलरको भू पनि ह्वात्तै बढेको छ।

राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार, अन्तर्राष्ट्रिय बजारका कारण डलर कमजोर र बलियो हुने गर्छ। भारतको मुद्रा केही कमजोर बनेकाले डलरको भाउ बलियो भएको हो। भारतीय अर्थतन्त्र कमजोर बनिरहेको तथ्यांक बाहिर आइरहेको छ।

नेपाली रुपैयाँसँग स्थिर विनिमय दर कायम रहेको भारतीय मुद्रा कमजोर बन्दा नेपालमा डलरको भाउ बढेको बताइएको छ।

अमेरिकी अर्थतन्त्र बलियो हुँदा डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर बनेको विज्ञको भनाइ छ। डलरको भाउ बढ्दा तेस्रो मुलुकबाट आयात हुने सामानको मूल्य पनि बढ्ने राष्ट्र बैंकको भनाइ छ।

आज (मंगलबार) एक अमेरिकी डलर खरिद गर्न ११५ रुपैयाँ ४९ पैसा चाहिने भएको छ।

मंसिरको २९ गते डलरको भाउ ११३ रुपैयाँ ६० पैसा थयो। तर, अहिले बढेर ११५ रुपैयाँ ४९ पैसा पुगेको छ। यो बीचमा एक अमेरिकी डलर खरिद गर्न करिब २ रुपैयाँ बढी तिर्नुपर्ने भएको छ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि आज (मंगलबार) का लागि एक डलरको खरिददर ११४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११५ रुपैयाँ ४९ पैसा तोकेको छ।

डलरको भाउ कमजोर हुँदा विदेशमा रहेका नेपालीले रेमिट्यान्स पठाउँदा कम रकम र डलर बलियो हुँदा बढी रकम पाउँछन्।