ऋणमा चुर्लुम्म डुब्यो अमेरिका - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

ऋणमा चुर्लुम्म डुब्यो अमेरिका



एजेन्सी- संसारको सबैभन्दा ठूलो अर्थतन्त्र हो अमेरिका। तर, यो मुलुक पनि ऋणमा चुर्लम्म डुबेको छ। हाल अमेरिकाको राष्ट्रिय ऋण २३ ट्रिलियन डलर हाराहारी छ।

चार वर्षअघि राष्ट्रपतिको चुनाव लड्दै गर्दा डोनाल्ड ट्रम्पले आठ वर्षमा अमेरिकाको राष्ट्रिय ऋण समाप्त पार्ने दाबी गरेका थिए। तर उनको चार वर्ष नपुग्दै ३ ट्रिलियन डलर ऋण थपिइसकेको छ।

यसअघिका राष्ट्रपति बाराक ओबामाको कार्यकालमा अमेरिकाको ऋण दोब्बर बनेको थियो।

उनी निर्वाचित हुँदा १०.६ ट्रिलियन रहेको ऋण आठ वर्ष ह्वाइट हाउसमा बस्दा २० ट्रिलियन डलर पुगेको थियो।

सन् २०२९ सम्म अमेरिकाको राष्ट्रिय ऋण बढेर २८.७ ट्रिलियन डलर पुग्ने अनुमान गरिएको छ।