केजरीवालले एक्कासी मोदीको साथ् खोजेपछि... - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

केजरीवालले एक्कासी मोदीको साथ् खोजेपछि…



नयाँ दिल्ली– आम आदमी पार्टी (आप)का संयोजक अरविन्द केजरीवालले तेस्रो पटक दिल्लीको मुख्यमन्त्रीको शपथ लिएका छन्।

भारतको राजधानीसमेत रहेको दिल्लीको रामलिला मैदानमा केजरीवालले शपथ लिएका हुन्।

सन् २०१३ मा केही दिनका लागि र सन् २०१५ पूरै पाँच वर्षका लागि केजरीवाल दिल्लीको मुख्यमन्त्री भएका थिए।

दिल्ली प्रदेशको गत साता आएको निर्वाचन परिणाम अनुसार केजरीवालको पार्टीले ७० सिटमध्ये ६२ सिट जितेको छ। सन् २०१५ मा आपले ६७ सिट जितेको थियो।

आइतबार रामलिला मैदानमा शपथ लिँदै केजरीवालले विरोधको राजनीति नगर्ने दाबी गरे।

उनले आफूलाई चुनावको दौरान अपशब्द बोलेका नेताहरुलाई पनि माफी दिएको बताए।

दिल्लीको विकासका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आशीर्वाद पनि केजरीवालले मागे।

उनले आगामी पाँच वर्षमा दिल्ली बदलिने प्रतिबद्धता व्यक्त गरेका छन्।