अस्ट्रेलियामा नेपाली युवतीमाथि आक्रमण - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

अस्ट्रेलियामा नेपाली युवतीमाथि आक्रमण



अस्ट्रेलिया- अस्ट्रेलियामा नेपाली युवतीमाथि खुकुरी प्रहार भएको छ।

क्विन्सल्यान्ड राज्यकाे व्रिजबेनमा अध्ययनरत धरानकी २० वर्षीया नेपाली युवतीमाथि खुकुरी प्रहार भएको हो।

भाइव कलेजमा आइटीमा डिप्लाेमा पढिरहेकी ती युवतीमाथि शुक्रबार राति अज्ञात व्यक्तिले खुकुरी प्रहार गरेको बताइएको छ।

प्रहरीको सहयोगमा उनलाई रोयल व्रिजवेन महिला अस्पतालमा उपचारका लागि लगिएको थियो।

उनलाई सात टाका लगाइएको र खतरामुक्त अवस्था भएपछि अस्पतालले शनिबार बिहान घर पठाएको छ।

छुरा प्रहारबाट उनको कम्मरमुनिको भागमा गहिरो चोट लागेको थियो।

घाइते युवती खतरामुक्त रहे पनि मानसिक रूपमा निकै समस्यामा परेकी उनकी एक सहपाठीले जनाएकी छन्।

बसबाट झरेर घरसम्म पुग्ने समयमा अचानक अग्लो कदको केटाले पछाडिबाट आएर छुरा प्रहार गरेको बताइएको छ ।