सिन्धुपाल्चोकमा कोरोना भएको आशंका, सयौँ बिरामी भेटिए - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

सिन्धुपाल्चोकमा कोरोना भएको आशंका, सयौँ बिरामी भेटिए



काठमाडौं- सिन्धुपाल्चोकमा कोरोना भाइरस भेटिएको आशंका गरिएको छ । जुगल गाउँपालिकामा कोरोना भाइरस जस्तै शंकास्पद रोगको लक्षण देखिएपछि सन्त्रास फैलिएको छ ।

सयौंको संख्यामा बिरामी परेको गाउँपालिकाले जनाएको छ । एकाएक धेरै बिरामी भेटिएको र कोरोना भएको शंका लागेपछि गाउँपालिकाले आवस्यक सहयोग गर्न स्वास्थ्य मन्त्रालय समक्ष पय्ता लेखेका छन् ।

जुगल गाउँपालिकाको वडा नम्बर ३ को गुम्बामा २७ माघदेखि कोरोनाभाइरसको लक्षणसँग मिल्दो ज्वरोको बिरामी भेटिएकाले सहयोग गरिदिन गाउँपालिकाले स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको छ ।

“विश्वमा फैलिइरहेको नोभल कोरोनाभाइरसको लक्षणसँग मिल्ने रुघाखोकी र अत्याधिक ज्वोरोजस्ता लक्षणका बिरामी देखा परेको हुँदा सोको परिक्षण गरी रोग पहिचानका लागि विशेष टोली खटाइ सहयोग गरिदिन हुन अनुरोध गर्दछौं”, प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले स्वास्थ्य मन्त्रालयलाई पठाएको पत्रमा उल्लेख छ ।

गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र बागमती प्रदेश सरकारलाई पनि बोधार्थ पत्र पठाएको छ ।

त्यहाँ बिरामीको संख्या एक सय नाघिसकेकाले सहयोगका लागि आग्रह समेत गरिएकाे छ ।