दिल्लीमा पत्तासाफ भएका मोदीले केजरीवाललाई दिए बधाई - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

दिल्लीमा पत्तासाफ भएका मोदीले केजरीवाललाई दिए बधाई



एजेन्सी- एकपटक फेरि पनि अरबिन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी दिल्लीको सत्तामा पुग्ने सुनिश्चित भएको छ।

दिल्लीको ७० विधानसभा सीटका लागि भएको निर्वाचनमा आम आदमी पार्टीले भारी बहुमत ल्याएको छ। आम आदमीले ७० मध्ये ६२ सिटमा जित हात पारेको छ। भाजपाले ८ सिट जितेकाे छ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जितमा लागि अरविन्द केजरीवाललाई बधाई दिएका छन्। उनल सोमबार साँझ ट्वीट गर्दै केजरीवाललाई बधाई दिएका हुन्।

सन् २०१३ मा भएको विधानसभामा निर्वाचनमा आम आदमीले २८ सिट जितको थियो। आठ सिट जितेको कांग्रेससँग मिलेर केजरीवालले सरकार बनाएका थिए। तर सरकार लामो समयसम्म टिक्न सकेन।

आदमी पार्टीले सन् २०१५ मा ७० विधानसभा सिटमध्ये ६७ मा जित हात पारेको थियो। बाँकी तीन सिट भने भाजपाले जितेको थियो।