कोरोना संक्रमण भएको भनी ढाँटेर बलात्कारीबाट बाँचिन यी महिला - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

कोरोना संक्रमण भएको भनी ढाँटेर बलात्कारीबाट बाँचिन यी महिला



काठमाडौं- एक चिनियाँ महिला आफूलाई कोरोना भाइरसको संक्रमण भएको भनी ढाँटेर बलात्कारको प्रयास गर्ने एक व्यक्तिलाई भगाउन सफल भएकी छन्।

२५ वर्षीय सियाओल गत शुक्रबार महिलाको बेडरुममा गएको र बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ।

उक्त व्यक्तिले सेक्सुअल आक्रमणको प्रयास गरेसँगै स्वस्थ महिलाले आफू भर्खरै उहानबाट आएको र कोरोना भाइरसको संक्रमित भएको भनेर चिच्याएकी थिइन्।

त्यसैले आफू घरमा एक्लै क्वारेन्टाइनका लागि बसेको उनले बताएकी थिइन्।

प्रहरीका अनुसार पीडितले आफूलाई खोकी लागेको भए पनि कोरोना भाइरस भएको भनेर ढाँटेकी थिइन्। सियाओले उनको घाँटी थिच्ने र मुख छोप्ने प्रयास गरेका थिए।

यीको यस किसिमको दाबीपपछि बलात्कारी भाइरस सर्ने डरले भागेको खबर एजेन्सीलाई उधृत गर्दै आएको कारोबार दैनिकले छापेको छ।

यो घटना जिङ्सानको बाहिर रहेको पिङ्बा नगरमा भएको हो। यो सहर उहानबाट ३ घण्टाको ड्राइभिङको दूरीमा छ।