किन्नै नसकिने बन्यो ब्रोइलर कुखुराको मूल्य: बनायो रेकर्ड - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

किन्नै नसकिने बन्यो ब्रोइलर कुखुराको मूल्य: बनायो रेकर्ड



काठमाडौं- ब्रोइलर कुखुराको मूल्यले अहिलेसम्मकै रेकर्ड तोडेको छ।

शनिबारदेखि लागू हुनेगरी बनेपामा जिउँदो ब्रोइलरको मूल्य प्रतिकिलो दुई सय ७० रुपैयाँ लागू भएपछि यो रेकर्ड तोडिएको खबर आजको नागरिक दैनिकले छापेको छ।

जिउँदो ब्रोइलरको मूल्य बढेसँगै तयार मासुको मूल्य पनि चार सय प्रतिकिलो पुगेको छ।

यस अघि २०७४ वैशाखमा करिब एक महिना जिउँदो ब्रोइलर बनेपामा दुई सय ६० रुपैयाँमा बिक्री भएको थियो।

बजारको मागअनुसार कुखुरा नपाएपछि कोल्ड स्टोर सञ्चालकले दिउँसै पसल बन्द गर्न थालेका छन्।

असोजदेखि मंसिरसम्म ब्रोइलरको मूल्य प्रतिकिलो दुई सय रुपैयाँसमेत नआउँदा किसानले खोरमा चल्ला हालेका थिएनन्।