अमेरिकामा नेपालीले जिते १ लाख डलरको लट्री - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

अमेरिकामा नेपालीले जिते १ लाख डलरको लट्री



काठमाडौं- अमेरिकामा बस्ने नेपाली युवाले १ लाख डलरको चिठ्ठा जितेका छन्। अमेरिकाको मेरिल्याल्डमा बस्ने निवासी नेपाली युवाले चिठ्ठा उपहारमा १ लाख डलर बराबरको रकम जितेका हुन्।

यसै वर्ष रेस्टुरेन्ट ब्यबसाय सुरू गरेका तीन जना नेपाली युवाले लट्रीमा १ लाख अमेरिकी डलर जितेका हुन्। उनीहरूको स्थायी घर बाग्लुङ र पर्वतमा भएको बताइएको छ।

बागलुङ जिल्ला स्थायी घर भएका डोलेन्द्र पौडेल, जीवन शर्मा र पर्वत स्थायी घर भएका दीपक रिजाल सात वर्षदेखि अमेरिकामा बसोवास गदै आएका छन्।

उनीहरूले संयुक्त रूपमा रकम जितेका हुन् । लट्री शर्माले खेलेका थिए। उनीहरूले जितेको रकममध्ये करिब ३५ प्रतिशत राज्य सरकारले आयकरबापत लिन्छ भने बाँकी रकम विजेताले पाउँछन्।

सन् २०२० जनवरीबाट रेष्टुराँ व्यवसायमा प्रवेश गरेका यी तीन युवाले भ्रमण वर्ष सन् २०२० को टिर्सट लगाएर पुरस्कार थापेका छन्।

लट्री परेपछि प्रतिक्रिया दिंदै उनीहरूले भाग्यले साथ दिएको बताएका छन् भने जुवा नशाको रूपमा लिन नहुने तर कहिलेकाहीँ भाग्य विचार गर्न र रमाइलोका लागि खेल्नुपर्ने बताएका छन् ।