पाकिस्तानलाई १० दिनभित्र धुलोपिठो पार्ने मोदीको चेतावनी - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

पाकिस्तानलाई १० दिनभित्र धुलोपिठो पार्ने मोदीको चेतावनी



काठमाडौं- चर्चा र विवादको चक्रमै रहने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो दाबीले उनि फेरी चर्चाको बिषय बनेका छन् ।

लामो समयदेखि भारत र पाकिस्तानबीच द्वन्द छ भने कश्मिरसम्बन्धि भारतको पछिल्लो घटनाले पाकिस्तान थप क्रुद्ध छ ।

यसैबीच भारतीय प्रधानमन्त्री मोदीले यदि पाकिस्तानसँग युद्ध भएको खण्डमा भारतले त्यसलाई दस दिनभन्दा कम समयमै धुलोपिठो पार्न सक्ने बताएका छन्।

आणविक शक्ति सम्पन्न छिमेकी मुलुक भारत पािस्तानबीच यसअघि तीनवटा युद्ध भइसकेको छ।

गत वर्षको फेब्रुअरीमा काश्मिरमा भारतीय फौज चढेको गाडीमा भएको आक्रमणलाई लिएर दुवै पक्षले एकअर्काका भूमिमा हवाई हमला गरेपछि झण्डै चौथो युद्ध शुरु हुने स्थिति सिर्जना भएको थियो।

मंगलबार भारतीय फौजलाई सम्बोधन गर्ने क्रममा मोदीले पाकिस्तान तीन पटक युद्धमा हारिसकेको बताएका छन्।