कोरोना भाइरस: चीनमा १७० को मृत्यु, हजारौँको अवस्था गम्भीर - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

कोरोना भाइरस: चीनमा १७० को मृत्यु, हजारौँको अवस्था गम्भीर



काठमाडौं- चीनमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ सय ७० पुगेको छ। चिनिया अधिकारीहरुका अनुसार ७ हजार ७ सय ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

जसमध्ये १ हजार ३ सय ७० जनाको अवस्था गम्भीर छ। १२४ जनलाई भने उपचारपछि घर पठाइएको छ।

चीनको उहान सहर कोराना भाइरसको सबैभन्दा बढी प्रभावित क्षेत्र हो। चीनको ३१ भन्दा बढी प्रान्तमा यसको संक्रमण देखिएको छ।

बुधबारमात्र १ हजार ७३७ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको थियो। जसमध्ये १ सय ३१ जना सिकिस्त छन् भने २१ जनालाई उपचारपछि घर पठाइएको छ।

हालसम्म विभिन्न अस्पतालमा उपचारमा आएका ८८ हजार ६ सय ९३ जनामध्ये ८१ हजार ९ सय ४७ जनालाई अस्पतालको निगरानीमा राखिएको छ। त्यस्तै २ हजार ३६४ जना भने उपचार गराएर फर्किएका छन्।