चिटिक्क देखिने नर्सका पिडा: तलवले खाजा पनि पुग्दैन, कामले सुत्न पाइन्न - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

चिटिक्क देखिने नर्सका पिडा: तलवले खाजा पनि पुग्दैन, कामले सुत्न पाइन्न



काठमाडौं- नर्सिङ काउन्सिलको पुस अन्तिम सातासम्मको अभिलेखले भन्छ–नेपालमा हाल स्टाफ नर्स, अनमी, विदेशी गरेर ९० हजार ९ सय ९ नर्स छन्।

नेपालमा वर्षेनी ९ हजारको हाराहारीमा नर्स उत्पादन भइरहेका छन्। तर, यी हजारौँ नर्सहरुको रोजगारीको कथा भने अत्यन्त दर्दपूर्ण छन्।

सरकारी तथा निजी गरेर देशभरका ८ हजारभन्दा धेरै स्वास्थ्य संस्थामा नर्सहरु काम गर्छन्।

निजी अस्पतालमा काम गर्ने अधिकांश नर्सको मासिक पारिश्रमिक ८ हजारभन्दा कम छ। यो खबर शुक्रबार प्रकाशित भएको साप्ताहिकमा कृष्ण आचार्यले लेखेका छन्।

न्युन पारिश्रमिक, कामको चाप, सेवा सुविधाको अभावबीच नर्सहरु दिनरात बिरामीको सेवामा कटिबद्ध छन्।

लामो समयदेखि पटकपटक नर्सहरुको दुःख, पीडा र अवस्थाबारे बहस तथा छलफल हुने गरेको भए पनि अवस्थामा कुनै सुधार आउन सकेको छैन।

अहिले जागिरेभन्दा बेरोजगार नर्सको संख्या धेरै छ। रोजगारी नपाउँदा र उचित पारिश्रमिक नपाउँदा नर्सहरु विदेशिने क्रम पनि बढेको छ।