जगत प्रकाश नड्डा बने भाजपाका नयाँ अध्यक्ष - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

जगत प्रकाश नड्डा बने भाजपाका नयाँ अध्यक्ष



काठमाडौं- जगत प्रकाश नड्डा (जेपी नड्डा) भारतीय जनता पार्टीका नयाँ अध्यक्ष बनेका छन् ।

भारतीय जनता पार्टीका कार्यबाहक अध्यक्ष रहँदै आएका जेपी नड्डा सोमबारदेखि उक्त दलका अध्यक्ष बनेका हुन्।

उनी अमित शाहलाई विस्थापित गर्दै भाजपाका अध्यक्ष बनेका हुन्। पार्टीमा निकै प्रभावशाली देखिने नड्डालाई सबैले समर्थन गरेको संचारमाध्यमले जनाएका छन्।

अमित शाह गृहमन्त्री बनेपछि नड्डाले भाजपाको कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए।

नड्डालाई अध्यक्ष पदका लाथि पूर्वअध्यक्षहरु अमित शाह, राजनाथ सिंह र नीतिन गडकरीले प्रस्ताव गरेका थिए। ‍