शिवरात्रीमा नाङ्गा साधुलाई पशुपतिमा निषेध गर्न सांसदको माग - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

शिवरात्रीमा नाङ्गा साधुलाई पशुपतिमा निषेध गर्न सांसदको माग



काठमाडा‌ैं– शिवरात्री नजिकिंदै जाँदा पशुपतिमा हुने अश्लिल खालका चरित्रहरूप्रति चासो बढेको छ ।

यस्तै राष्ट्रिय सभाकी सांसद नैनकला ओझाले आगामी फागुन ९ गते परेको महाशिवरात्रीमा वस्त्र नलगाएका साधुहरुलाई पशुपतिमा प्रवेश निषेध गर्न सरकारको ध्यानाकर्षण गरेकी छन्।

यस्ता साधुहरुको उशृङ्खल व्यवहारले भक्तजनहरुलाई अफ्ठेरो परेको उनले बताइन्।

‘गत वर्ष पशुपतिनाथ मन्दिर परिसरभित्र १०–१२ जना मान्छे बिना वस्त्रका हातमा चमार बोकी भित्र पसेर छमछमी नाच्दै भक्तजनहरुको टाउकोमा हिर्काउने गरेको देखियो,’ राष्ट्रिय सभाको सोमबारको बैठकमा सांसद ओझाले भनिन्, ‘साना साना नानी पनि वस्त्र नलगाई बाहिर निस्कन मान्दैनन् ।

२१औं शताब्दीमा लाखौं मानिस पूजा गर्न जाने पशुपतिमा वस्त्रविहीन मान्छे हुन् वा साधु त्यस्तालाई प्रवेश निषेध गरिनुपर्छ ।’

‘त्यस्ता व्यक्ति प्रवेश निषेध हुनेछन्’ भन्ने नियम बनाई सूचना जारी गर्न उनले संस्कृति मन्त्रालयलाई आग्रहसमेत गरिन् ।